काठमाडौं । कुमारी बैंकले आगामी तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा शुभकामनास्वरूप तिहार तथा छठ क्यासब्याक अफर ल्याएको छ । क्यासब्याक अफर कात्तिक १४ देखि कात्तिक २२ गते छठसम्मका नौ दिन रहनेछ । साथै भाइटीका तथा किजा पूजाको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
त्यस्तै अन्य आठ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत् वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम पाँच सय एक रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । लाभान्वित सेवाग्राही संख्या बढाउन बिहान आठ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच