काठमाडौं । बडा दशैँको छेको पारेर फूलपातिका दिन असोज २४ गते देखि सिनेमाघरमा आएका तीन चलचित्र छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ तेस्रो हप्तामा प्रवेश गरेका छन् । तीनवटै चलचित्रले दर्शकको साथ पाइरहँदा तेस्रो हप्तामा प्रवेश गरेका हुन् ।
बक्सअफिसमा तीनवटै चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । सुरुमा ‘छक्का पञ्जा ५’ ले आक्रामक व्यापर गरेको थियो भने पछि ‘१२ गाउँ’ले पनि राम्रो व्यापार गर्न सफल भएको छ । यस्तै ‘ज्वाइँ साब’ले पनि राम्रै कलेक्सन गरिरहेको निर्माणपक्षले जनाएको छ । ‘छक्का पञ्जा– ५’ले यसअघिका सिरिजको रेकर्ड तोड्दै अगाडि बढेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रले अहिलेसम्म १७ करोड २० लाख बढी व्यवसाय गरिसकेको बताइन्छ । पहिलो साताको ११ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । ‘दुई सातामा चलचित्रले १७ करोड २० लाख हाराहारीमा ग्रस कलेक्सन गरेको छ । बिहीबारबाट तेस्रो सातामा पनि चलचित्रमा दर्शकहरूको राम्रो साथ छ,’ यस चलचित्रका वितरक मनोज राठीले भन्नुभयो ।
बडा दशैँको छेको पारेर फूलपातिका दिन असोज २४ गते देखि सिनेमाघरमा आएका तीन चलचित्र छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ तेस्रो हप्तामा प्रवेश गरेका छन् । तीनवटा चलचित्रले बक्स अफिसमा राम्रो व्यपार गरिरहँदा आज (शुक्रबार)देखि सिनेमाघरमा ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ ।
‘१२ गाउँ’ले पहिलो साता १० करोड पाँच लाख रुपैयाँ कलेक्सन गरेको दाबी गरिएको थियो । यो चलचित्र अहिलेसम्म १३ करोड कमाएको चर्चा छ । केही दिनमै दोस्रो साताको कलेक्सन सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ ।
‘ज्वाइँ साब’ले १० दिनमा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरेको थियो । यो चलचित्रको त्यसयताको कलेक्सनबारे जानकारी दिइएको छैन ।
यी तीनवटा चलचित्रले बक्स अफिसमा राम्रो व्यपार गरिरहँदा आज (शुक्रबार)देखि सिनेमाघरमा ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि तीन दिनमै हलबाट उतारिएको यो चलचित्रलाई अब अनुकूल मौसम र समयलाई मध्यनजर गर्दै पुनः प्रदर्शनमा ल्याइएको हो । यो चलचित्रको पुनः प्रिमियर बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा आयोजना गरिएको थियो । सो प्रिमियरमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, कलाकार हिमेश पन्तसहित केही हास्य कलाकारहरू तथा चलचित्रका अन्य कलाकारहरूको उपस्थिति थियो ।
निर्माता अर्जुनकुमार र माधव वाग्लेको निर्माणमा बनेको ‘सानो संसार’ले पहिलो प्रदर्शनका बेला नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नुभएको छ । यो चलचित्रमा सीतादेवी तिमिलसेना, अञ्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतको प्रमुख भूमिका छ ।
दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको चलचित्रको कथा कर्मचारीतन्त्र, राजनीतिमा केन्द्रित छ ।
यस्तै, विराज भट्टको चलचित्र ‘१२ गाउँ’बाट समीर भट्टले ठूलो पर्दामा डेब्यु गर्नुभएको छ । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिक्नुभएका समीरले पहिलो चलचित्रबाट आफूलाई एक्सन हिरोको रूपमा चिनाउनुभएको छ । यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्नुभएको छ । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।
एक्सन-थ्रिलर कथामा यो चलचित्रमा तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गर्नुभएका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाउनुभएको छ । महेश पौडेलको छायांकन रहेको चलचित्र काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।
त्यस्तै, वसन्त निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतको अभिनय छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने रोचक विषयवस्तु उठाएको चलचित्रले पारिवारिक दर्शकलाई आकर्षिक गरेको देखिन्छ ।
‘बेहुली फ्रम मेघौली’ ओटीटीमा
चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ओटीटीमा आएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको यो चलचित्र आज शुक्रबारदेखि एमएसएम भिडियोेमा स्ट्रिमिङ भएको हो । एमएसएम भिडियोे गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ । दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन् ।
यद्यपि, यो चलचित्र अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन । यी देशहरूमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले जानकारी गराउनुभयो ।
घटस्थापनाको अवसरमा असोज १७ गतेदेखि सिनेमाघरमा यो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । पहिलो साताभर साढे तीन करोड कमाएको थियो । तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी चलचित्र हुँदा प्रयाप्त शो पाउन सकेन ।
कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोख्नुभएको थियो । निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको यो चलचित्रको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुनहुुन्छ ।
सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने
सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’, छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच