
गुल्मी । गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक एवं स्क्राबल क्लब गुल्मीका संयोजक डोरविक्रम श्रीसले यो खेलले शिक्षक र विद्यार्थीको चिन्तन क्षमता अभिवृद्धि गराउन मद्धत पुग्ने बताउनुभयो ।
शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने दशौं राष्ट्रिय स्क्राबल प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लाबाट निर्धारित कोटाका आधारमा करिब एक सयभन्दा बढी विद्यार्थी प्रतियोगीको सहभागिता रहेको स्क्राबल क्लबका गुल्मी जिल्ला संयोजक श्रीसले जानकारी दिनुभयो ।
प्रतियोगिताका माध्यमबाट विद्यार्थीमा शब्दभण्डार बढ्ने, नयाँ ठाउँको परिवेश चिन्ने र अवलोकन भ्रमण गर्ने अवसर हुने, संस्कृतिक, भाषा, रहनसहनका विषयमा नजिकबाट जान्ने अवसर प्रदान हुने बताइएको छ । सिकाइले मात्र सर्वांगीण विकास सम्भव नहुने भएकाले स्वयंसेवी भावनाका साथ स्क्राबललाई अगाडि बढाइएको स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो ।
नेपालको ७७ जिल्लामध्ये ४० भन्दा बढी जिल्लामा यो खेल परिचित भइसकेको छ । प्रतियोगितामा शीर्ष चारस्थान हात पार्नेले क्रमशः १० हजार, आठ हजार, छ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट लेडिले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच