काठमाडौं । लगानीकर्तालाई शिक्षा तथा सचेतना प्रदान गर्ने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरूपमा मनाइने ‘विश्व लगानीकर्ता सप्ताह’ नेपालमा नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा कात्तिक ६ देखि १२ गतेसम्म देशव्यापीरूपमा विविध चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । कार्यक्रम विश्वभरिका पुँजी बजारका नियामक निकायको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन(आइओएससिओ) को आहृवानमा सन् २०१७ देखि हरेक वर्ष मनाउन सुरु गरिएको हो ।
सोही अवसरमा माछापुच्छ्रे क्यापिटलले शुक्रबार विद्यार्थीमा लगानीसम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरूलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउन वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ । नवलपरासीको रामग्राम ५, परासीस्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावक समितिलगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतनासम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरिएको कम्पनीले जनाएको छ । माछापुच्छ«े क्यापिटल पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच