ब्रहृम सत्यं जगत् मिथ्या भन्छन् वेदान्तविद् यता ।
मिथ्या संसारमा सत्य बोल्नु नै हुन्छ रे वृथा ।। १
त्यसैले बुझकी धेरै नाच्छन् अनृत वाक्यमा ।
वाचस्तेन बकेका छन् सुधा प्रगल्भ काव्यमा ।। २
गच्छतीति जगत् भन्छन् पाणिनिका सुछात्रले ।
झुट्टा पराजयी हुन्नन् चार्वाके दुष्ट राज्यले ।। ३
नीयते अयनम् न्यायः प्रतिगामी विचार हो ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।। ४
बढ्दा अश्लीलता मेधा अग्रगामी बनिन्छ रे ।
कस्मेटिक सबै बोली उध्र्वगामी भनिन्छ रे ।। ५
हामी चार्वाकका नारा लाउँदै नाच्दछौँ यहाँ ।
भ्रष्टाचार दूराचार पिउँदै हाँस्दछौँ जहाँ ।। ६
बढुन् प्रगल्भता टन्नै सामन्ती सत्य नेप्टियोस् ।
ब्रहृम सत्यं जगत्मिथ्या अर्थ चेप्टिनु चेप्टियोस् ।। ७
समाप्त
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच