हुण्डाईको फेस्टिभ अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हुण्डाई गाडी नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैँ, तिहार लक्षित फेस्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ । ग्राहकको दशैँ-तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुण्डाईले विगतका वर्ष पनि गाडीका साथै अन्य आकर्षक उपहार दिँदै आएको छ । यस वर्ष पनि सोहीअनुसार एकजना भाग्यशालीले हुण्डाई एसयुभी गाडी लक्की ड्रमार्फत् प्राप्त गर्न सक्नेछन् ।

हुण्डार्ड फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुण्डाई गाडी खरिदमा छ लाखसम्म आकर्षक छुट, स्क्र्याच कार्डमार्फत् थप एक लाखसम्म छुटका साथै एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारीकर सुविधासमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । आगामी नाडा अटो शोमार्फत् पनि यस योजनामा सहभागी हुन सकिने बताइएको छ ।

नाडा अटो शो २०२३ मा हुण्डाईको वी ५ स्टल भ्रमण गरेर हुण्डाईका विभिन्न उत्पादन अवलोकन गर्न सकिनेछ । सबैै हुण्डाईका गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । योजना मंसिर ३ अर्थात् छठसम्म लागू हुने कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?