एसईईको नतिजा गत वर्षको भन्दा सुधार: ३.६ देखि ४ ग्रेड ल्याउनेको संख्या २२,४७५

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो ।

यसपटक गत सालकोभन्दा नतिजा सुधार देखिएको छ । भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६ देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हो । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?