सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।

सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो।

दुई पक्षबीचको वार्तामा सहमति जुटेको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको उहाँले बताउनु भयो । साथै उहाँले सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको बताउनु भयो । शिक्षकहरूले आन्दोलन स्थगित गर्ने पनि उहाँले बताउनु भयो ।

बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?