काठमाडाैं । नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई समेटेर योजनाहरु बनाएमात्रै जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७५३ वटै सरकारमा पुग्न नसकेसम्म जतिसुकै राम्रो योजना बनाए पनि जलवायु परिवर्तनका असर न्युनिकरण गर्न नसकिने बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनको असर सबैभन्दा बढी दूर दराजमा रहनुभएका नागरिकहरुले भोगिरहेको बताउनु भयो । उहाँले लापाको एउटा विषयमात्रै समेटेर सबै स्थानीय तहमा भएका जलवायु परिवर्तनका मुद्दा समेटिन नसकिने गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले जतिसुकै यहाँ कुरा गरेपनि, जस्तोसुकै राम्रो प्रतिवेदन तयार गरेपनि हामी जबसम्म तल पुग्न सक्दैनौँ, ७५३ वटै सरकारमा पुग्न सक्दैनौँ तबसम्म कार्यक्रमहरु सफल हुन सक्दैनन् । सबैभन्दा बढी मार कसले खेपेको छ ? दूर दराजमा बस्ने, गाउँमा बस्ने जनताले खेपिरहेका छन् भने मैले प्रतिप्रश्न गर्न खोजेको होइन, लापाको एउटा हरफ देखाएपछि स्थानीय सरकारमा पुग्छ त ? त्यो भन्दा बाहेक के देखिएको छ ? त्यतातिर सोच्नका निमित्त आग्रह गर्दछु । तलबाट नगरी माथि राम्रो हुँदैन ।’
शासकको रुपमा नभइ सेवकको रुपमा नसोचेसम्म जलवायु परिवर्तनलाई न्युनिकरण गर्न अफ्ठ्यारो हुने बताउनु भयो । जलवायु वित्त नेपालले माग्ने नभइ अधिकारको रुपमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले वातावरणमैत्री स्थानीय सरकार बनाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच