देशको अवस्था ६ महिनामा बैंकमा बढेको ब्याजदरले देखाउँछ : अध्यक्ष गोल्छा

Read Time = 7 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने÷ नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताउनुभएको छ ।

शुक्रवार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताउनुभएको हो ।
उहाँले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ ? यो समयमा के आयात गर्नुहुन्छ ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताउनु भयो ।

उहाँले निजी क्षेत्र स्वाभवैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने बताउनु भयो । अध्यक्ष गोल्छाले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कस्ट अफ डुइङ अत्याधिक हुनु रहेको दाबी गर्नुभयो । उहाँले जबसम्म कस्ट अफ डुइङ बिजनेश नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने जिकिर गर्नुभयो ।

अध्यक्ष गोल्छाले अउत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत नउठ्ने बताउनु भयो ।

उहाँले अहिले सरकारले उठाएको राजश्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी, मोटरसाइलको आयातलाई रोक्दा राजश्व समेत रोकिने बताउनु भयो । अध्यक्ष गोल्छाले बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत ब्याजदर बढ्नु राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ जब कुनै देशमा ६ महिनामा ६० देखि ७० प्रतिशत बैंकको ब्याजदर बढ्छ । त्यो देशको अर्थतन्त्र कस्तो अवस्थामा रहेको छ भन्ने सोझै देखिन्छ । अन्य देशमा बैंकको ब्याजदर १/२ प्रतिशतले बढ्दा त्यहाँको अर्थतन्त्रमा ठूलो हलचल हुन्छ तर हाम्रोमा ६० प्रतिशत ब्याजदर बढेको छ यसले हाम्रो अर्थतन्त्र कस्तो छ भनेर देखाएको छ । अहिले निजी क्षेत्र निरास हुनुको मुख्य कारण बैंकहरुमा तरलताको अभावले गर्दा लगानी एकदमै न्यून रहेको छ । ठूलो उद्योगीहरुले पनि बैंकहरुले कर्जा पाउने अवस्था रहेको छैन । यस्तो अवस्थामा साना र मझौला उद्योगीहरुको हालत कस्तो होला सोच्न पनि सक्दैनौं । उनीहरु बैंकसँग कर्जा लिन नसक्ने अवस्थामा रहेको छ । यसले ठूलो निरासा छाएको छ । अहिले हरेक क्षेत्रमा माग घटेको छ । निर्माण सामग्रीमा ४० प्रतिशत मागमा कमी आएको पाएका छौं । अब फेरि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकेनौैं भने आउने आर्थिक वर्ष पनि ठूलो राजश्वमा ह्रास आएर साधरण खर्च पनि धान्न गाह्रो हुने र त्यसको लागि पनि कर्जा लिनुपर्ने अवस्था आउनसक्छ भन्ने निजी क्षेत्रको ठूलो चिन्ताको विषय बनेको छ । यसको कारण व्यापार घाटा रहेको छ । हामीले अत्याधिक आयात ग-यौं । अहिले सरकारले चालेक कदमहरु ठिक रहेका छन् । निजी क्षेत्रले भुक्तानी सन्तुलन के भइरहेको छ । अहिले तरलता के भइरहेको छ । हामीले के आयात गर्नुहुन्छ यस्तो बेला के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय होइन । यो विषय राष्ट्र बैंक वा सरकारको हो । निजी क्षेत्रलाई जब दोष दिइन्छ । हामीले उत्पादनशील क्षेत्रमा किन लगानी गरेनौं त । किन बढी आयात ग-यौं । जबसम्म कस्ट अफ डुइङ बिजनेश घट्दैन । उत्पादन क्षेत्रमा लगानी बढ्न सक्दैन । अनउत्पादनशील क्षेत्रमा लगानी भएन भने राज्यलाई राजश्व पनि उठ्दैन । अहिले सरकारले उठाएको राजश्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको हो । गाडी,मोटरसाइकल आयातलाई रोक्ने हो भने राजश्व रोकिन्छ । त्यो पनि आवश्यक छ ।’

अध्यक्ष गोल्छाले पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण कर्जा नपाउँदा निजी क्षेत्र निरास भएको बताउनु भयो । उहाँले अझै पनि अर्थतन्त्र चलायमान नहुने र उत्पादन क्षेत्रमा लगानी न्यून रहने बताउनु भयो । अध्यक्ष गोल्छाले पछिल्लो समय हरेक क्षेत्रमा वस्तुको मागमा कमी आएको बताउनु भयो ।

उहाँले निर्माण उद्योगमा मात्रै ४० प्रतिशत वस्तुको मागमा कमी आएको बताउनु भयो । अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसके आउने आर्थिक वर्ष पनि राजश्वमा ठूलो ह्रास आउने दाबी गर्दै साधरण खर्च पनि धान्न गाह्रो हने बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको खण्डमा साधरण खर्च धान्न पनि कर्जा लिनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?