शौचालयमा अचेत भेटिएकी महिलाको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा शौचालयमा अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ ।

शनिबार शौचालय गएकी रिब्दीकोट गाउँपालिकाकी –६ वाङसुनकी ५२ वर्षीया विष्णुु बगाले अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शौचालय गएकी बगाले लामो समयसम्म पनि नआएपछि उनका श्रीमान हेमबहादुर बगाले गएर ढोका फोडेर हेर्दा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल अस्पताल पुु¥याइएपनि डाक्टरले चेकजाँचपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?