त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

आगामी जुलाइमा हुने शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

लिग टुअन्तर्गतकै सिरिजका लागि नेपाली टोली हाल भने अमेरिका भ्रमणमा रहेको छ । त्यहाँ अमेरिका, ओमान र नेपालबीच त्रिकोणात्मक शृंखला हुनेछ । अमेरिकामा नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेलेर सुरुवात गर्दैछ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।

यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्व लिग-२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतका आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग-२ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टोली सन्तुलित रहेको जनाउँदै आफूहरूले सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताउनुभएको छ । उहाँले विपक्षीहरूसँग यसअघि पनि खेलिसकेको र उनीहरूका सबल र दुर्बल पक्षबारे जानकारी रहेको जनाउँदै आफूहरूले पूर्ण तयारी गरेको प्रतिक्रिया दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?