सेन्साइको अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यो दशैँ-तिहार, हरेक दिन टिभी उपहार भन्ने नाराका साथ जापानमा इञ्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले दशैँ-तिहार लक्षित अफर ल्याएको छ । सीमित अवधि लागू हुने यस योजनाअन्तर्गत सेन्साइ ब्राण्डका कुनै पनि सामान खरिदपछि लक्की ड्रमार्फत् ४० दिनसम्म ४० भाग्यशाली ग्राहकले हरेक दिन सेन्साइको २४ इन्चको टिभी उपहार जित्न सक्नेछन् ।

सेन्साइका ग्राहकले आफूलाई लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बरजस्ता विवरण भर्नुपर्नेछ । कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ ।

त्यसैगरी शून्य फाइनान्स सुविधा, एक्सचेन्ज अफर सिजी लोयल्टी क्लबको रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यलाई होटल विभान्तमा २५ प्रतिशतसम्म छुटलगायत रहेको कम्पनीले जनाएको छ । सेन्साइ ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?