काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिती राम्रो रहेको बताउनुभएको छ । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो ।
सम्बोधनका क्रममा गभर्नर अधिकारीले भन्नुभयो, ‘नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।’ सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छलफल भएको बताइएको छ ।
गभर्नर अधिकारी अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी भएर विश्व बैंकका विभिन्न बैठकमा सहभागिता जनाउँदै आउनुभएको छ । सोही क्रममा उहाँले ‘साइड लाइन’ बैठकअन्तर्गत शुक्रबार पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच