
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध खेल्ने प्लेइङ-११ सार्बजनिक गरको छ ।
आज नेपालले चार डिफेण्डर खेलाउँदैछ । आज नेपाल भारतको सेमिफाइनल खेल हेर्न दर्शकको ओइरो लागेको छ। खेल शुरू हुनु भन्दा अगाडि देखिनै दर्शक आउन थालेका थिए।
केहीबेर पछि काठमाडौँस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी साम्बा, गीता राना, रेखा पौडेल, प्रिती राई सबिता राना मगर र अमिषा कार्की, पहिलो रोजाईमा रहेका छन् ।
यसअघि आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच