काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।
काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।
नेपालले खेलमा केहि गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । तर पहिलो हाफको धेरै जसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो ।
भारतले खेलको शुरुमै आक्रामक शुरुवात गरेपनि गोलमा परिणत भने गर्न सकेन ।
आजको यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच