नवलपरासी । कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नति भन्ने मूल नारासाथ चौथो सुनवल महोत्सव हुने भएको छ । महोत्सव पश्चिम नवलपरासीको सुनवलमा मंसिर १२ गतेदेखि २४ गते १३ दिनसम्म सोमनाथ हाटबजारमा आयोजना हुने आयोजक उद्योग वाणिज्य संघ सुनवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
नवलपरासीको बाबा बर्दगोरिया धाम तर्ङौली ताल रमवापुरको कृष्णमन्दिर वनकट्टीको बौद्ध मन्दिर आफैंमा एक धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थल रहेको छ । महोत्सवले सुनवलको आन्तरिक तथा बाहृय पर्यटनमा वृद्धि गरी आर्थिकरूपले मजबुत बनाउने र सुनवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत पुग्ने संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । नवलपरासी, रूपन्देही, पाल्पालगायत छिमेकी भारतीय बजारबाट समेत मेला अवलोकनका लागि आउने उहाँले बताउनुभयो । मेलामा स्टलका लागि १७ हजार रुपैयाँ शुल्क तोकिएकोमा स्थानीय स्टललाई ३० प्रतिशतसम्म छुट गरिने आयोजकले जनाएको छ । नगर र जिल्लामा उत्पादन हुने साना तथा घरेलु उद्योगलाई निःशुल्क स्टलको व्यवस्थापन मिलाइएको कर्माचार्यले उल्लेख गर्नुभयो ।
मेलामा दुई सय स्टल रहने, एक लाखले अवलोकन गर्ने र १० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । साथै व्यापार मेलालाई विभिन्न वर्गमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र, खानपान क्षेत्र र खेल क्षेत्र रहेका छन् । प्रदर्शनी कक्षमा अलग-अलग परिसर बनाई अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, कृषि तथा जडीबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्य वस्तु, हस्तकला तथा तयारी पोशाक, जुत्ता चप्पललगायत रहने आयोजकले जनाएको छ ।
विशिष्ट प्रकारका स्टलले सजाइने मेलामा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण, सांस्कृतिक कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय डान्स आइडल, विज्ञान प्रदर्शनी, खाना महोत्सव सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम, बाल उद्यान क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, फुडकोर्टका साथै जातीय खानपानका विभिन्न स्टल रहने बताइएको छ । संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले यसपटकको मेला विगतका मेलाभन्दा धेरै फरक हुने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले सुरक्षादेखि मिडिया सेन्टर, जनजातिका परम्परागत घरले यस वर्षको मेला पृथक् रहनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच