गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर -६, स्थित डहरे खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको छ । यहाँको रिडी-रुद्रावेणी-वामीटक्सार सडक खण्डमा पर्ने डहरे खोलामा मोटरेबल पुल निर्माण गर्नका लागि एक औपचारिक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले यस खोलामा निर्माण गर्न लागिएको सो पुलको शिलान्यास गर्नुभएको हो । उहाँले डहरे खोलामा मोटरेबल पुल नहुँदा नागरिकले लामो समयदेखि धेरै सास्ती भोगिरहेको बताउनुभयो । नागरिकको भावनाको मध्यनजर गर्दै रिडी-रुद्रवेणी-चोरकाटे खण्डका डहरे खोलासहित चारवटा पुलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न जरुरी रहेको भन्दै पुल निर्माणले हिउँद वर्षा बाह्रै महिना यातायातका साधन निर्वाध रुपमा चल्ने बताउनुभयो । नेता भण्डारीले छिटोभन्दा छिटो पुल निर्माणका लागि आफुले निरन्तर पहल गर्ने बताउनुभयो । पुल निर्माण भएपछि सवारी साधनसंगै यहाँका नागरिकलाई आवतजावतमा महत्त्वपूर्ण सहयोग हुने उहाँको भनाइ छ ।
राष्ट्रियसभा सदस्य विष्णु कुमारी सापकोटा र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले डहरे खाेलामा पुल निर्माण भएपछि यो क्षेत्रकै विकासमा नयाँ आयाम थपिने बताउनुभयो । उहाँहरुले तोकिएको समयमा नै पुल निर्माण गर्न जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका सांसद चिन्तामणी पाण्डेय, यमु गैरे, जिल्ला समन्वय समिति प्रमुख द्राेण खत्री, सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयलगायतले आ-आफ्नाे धारणा राख्नुभयो ।
२०३६ सालदेखि सञ्चालित यस सडकमा पर्ने नादेवा, भार्से, डहरे, गिदी खाेलामा मोटरेबल पुल निर्माणका लागि सडक विभागले चालू आव २०८१/०८२ मा २२ कराेड रुपैयाँ बजेट विनियाेजन गरेको हो । डिभिजन सडक कार्यालय पाल्पाअन्तर्गत यहाँका चारवटै पुल निर्माणको काम राजेश्वरी कन्सट्रकक्सन प्रालिले जिम्मा लिएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच