नेपाली चलचित्र क्षेत्रलाई बाल्यकालदेखि नै कर्मथलो बनाउँदै आउनुभएका निर्देशक सुरज पाण्डे अहिलेका चल्तीका निर्देशक हुनुहुन्छ । अभिनय पृष्ठभूमिबाट सिने क्षेत्रमा देखिनुभएका निर्देशक सुरज पाण्डेले बाल कलाकारका रूपमा ‘दुई किनारा, कर्तव्य, नेपाल, दोबाटो’ लगायतका चलचित्रमा अभिनय गर्नुभएको थियो भने पछि ‘लभ लभ लभ, निर्माण गरेको घर, आमा, चिसो मान्छे, परस्त्री’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको थियो । चलचित्र परस्त्री उहाँकै निर्देशनमा बनेको हो । जुन इण्डिया र नेपालमा एकसाथ प्रदर्शनमा आएको थियो । कथा, पटकथा लेखनमा समेत आफूलाई संलग्न गराउँदै आउनुभएका पाण्डे चलचित्र ‘लभ लभ लभ’बाट सर्वश्रेष्ठ डेब्यु अभिनेता इनास अवार्ड २०१७, उत्कृष्ट निर्देशक न्युयोर्क ट्राइस्टेट फिल्म फेष्टिभल २०२४, उत्कृष्ट एलजी फिल्म अवार्ड २०२०, चलचित्र ‘आमा’बाट उत्कृष्ट बक्स अफिस फिल्म अवार्ड २०२०, ‘चिसो मान्छे’बाट उत्कृष्ट राष्ट्रिय फिल्म २०२२ एनसिआइएफएफलगायत दर्जन बढी सम्मान तथा अवार्ड पाइसक्नुभएको छ । उहाँ चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ, निर्देशक समाजका सदस्य पनि हुनुहुन्छ । युवा पुस्ताका दर्शक लक्षित चलचित्र निर्माणको गृहकार्यमा व्यस्त रहनुभएका निर्देशक सुरज पाण्डेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
पछिल्लो समय हाम्रो कम्पनीबाट बन्ने नयाँ चलचित्र ‘आमा’ भाग दुईको स्कृप्टको काम र म आफैंले निर्देशन गर्ने चलचित्रको पनि स्कृप्ट लेखन कार्यमा व्यस्त छु ।
पछिल्लो समय नेपाली चलचित्रको स्तर एकदम बढेको छ । प्रविधिको विकाससँगै क्वालिटीमा सुधार आउनुका साथै अडियो र भिजुअल दुईवटै विषयमा पहिलेको तुलनामा धेरै परिवर्तन पाउन सकिन्छ । यो नयाँ धार हो र अब आउने समय र नेपाली चलचित्रका लागि झनै राम्रो हुनेछ भन्ने विश्वास लिन सकिन्छ । चलचित्र धेरै किसिमको बन्छ । हरेक व्यक्तिको चलचित्र रोजाइ बेग्लाबेग्लै हुन्छ । तर, पछिल्लो समयमा नेपालमा हास्यप्रधान, एक्सन र सामाजिक चलचित्र नै धेरै रुचाइएको देखिन्छ ।
हालै बेलायतबाट फर्कनुभएको छ, के कामले जानुभएको थियो ?
बेलायत पारिवारिक भेटघाट र नयाँ चलचित्रसम्बन्धी छलफल र छायांकनका लागि लोकेसन हेर्न गएको थिएँ ।
बालकलाकारका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको व्यक्ति आज चलचित्र निर्देशक भइसक्नुभएको छ, विगतलाई कसरी सम्झनुहुन्छ ?
सानैदेखि यो क्षेत्रमा म आबद्ध भएँ । यो श्रेय सबै मेरी आमाको हो । बच्चा बेला चार, पाँचवटा चलचित्रमा काम गरेँ । ठूलो भएपछि ‘प्रेम प्रेम प्रेम’ भन्ने फिल्मबाट डेब्यु गरेँ । यो सबै मेरोभन्दा पनि मेरी आमाको सपना पूरा गरेको हुँ । मेरो सपना भनेको पहिलैदेखि चलचित्र निर्देशक बन्नु थियो र अहिले यसैमा केन्द्रित छु ।
एउटा निर्देशकको दृष्टिकोणबाट एकआपसमा चलचित्र जुधाउनुलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
राम्रो त हैन, त्यसमाथि पनि दुई, तीनवटा नेपाली चलचित्र एकआपसमा जुध्नु त राम्रो हैन । सरसल्लाह गरेर सबै मिलेर आएको राम्रो ।
पछिल्लो समय नेपाली चलचित्रको धार परिवर्तन भएर दर्शकलाई हलसम्म तान्न सफल भएको कुरालाई कसरी लिनुभएको छ ?
पछिल्लो समय नेपाली चलचित्रको स्तर एकदम बढेको छ । प्रविधिको विकाससँगै क्वालिटीमा सुधार आउनुका साथै अडियो र भिजुअल दुईवटै विषयमा पहिलेको तुलनामा धेरै परिवर्तन पाउन सकिन्छ । यो नयाँ धार हो र अब आउने समय र नेपाली चलचित्रका लागि झनै राम्रो हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।
नेपाली चलचित्रले विदेशी मार्केट लिन सकेनन् भनिरहेको अवस्थामा यतिबेला दुबईदेखि अमेरिकासम्म नेपाली चलचित्र चलिरहेको छ, यसलाई निरन्तरता दिन के गर्नुपर्ला ?
चलचित्रकर्मीका लागि यो अति नै खुसीको कुरा हो । यसलाई निरन्तर गर्न हामी सम्पूर्ण चलचित्रकर्मीको साथ र सहयोग चाहिन्छ भने सहजताका लागि सरकारले पनि आफ्नोतर्फबाट पहल गर्नुपर्छ ।
बालकलाकार हुँदै निर्देशक बन्नुभएको नाताले अहिलेका युवा पुस्ताको रोजाइमा कस्ता चलचित्र पर्ने गरेको पाउनुहुन्छ ?
चलचित्र धेरै किसिमको बन्छ । हरेक व्यक्तिको चलचित्र रोजाइ बेग्लाबेग्लै हुन्छ । तर, पछिल्लो समयमा नेपालमा हास्यप्रधान, एक्सन र सामाजिक चलचित्र नै धेरै रुचाइएको देखिन्छ ।
नेपाली चलचित्र भनेर गर्व गर्नुपर्ने चलचित्र कस्तो हुनुपर्छ ?
पछिल्लो समयमा चलेको चलचित्र ‘कुसुमे रुमाल, सन्तान, दर्पणछायाँ’ र अहिलेको समयको ‘आमा, लुट, पशुपति प्रसाद’ ।
तपार्ईं आफैंले बनाउने चलचित्र चाहिँ कस्तो होस् जस्तो लाग्छ ?
मैले बनाएको चलचित्र राम्रो होस्, चल्ने नचल्ने आफ्नो ठाउँमा छ तर आफूले गर्व गर्ने खालको हुनुपर्छ ।
आगामी समयमा नेपाली सिने क्षेत्रलाई कुन रूपमा हेर्न चाहनुहुन्छ ?
बलिउड जस्तै इन्टरनेसनल रूपमा सफल भएको र अझै धेरै नेपालीबीच लोकप्रिय भएको हेर्न चाहन्छु । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको सबैमा शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच