काठमाडौं । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)ले आगामी मंसिर ८ गते शनिवार राजधानी काठमाडौंमा बृहत् साहित्यिक कार्यक्रमा आयोजना गर्ने निर्णय गरेको छ । गत असोज १६ गते गर्ने भनिएको देशव्यापी कविता प्रतियोगिता तत्कालीन प्राकृतिक प्रकोेपको कारण स्थगित भएको हुनाले उक्त कार्यक्रमका लागि निस्टाले सो समय निर्धारण गरेको उक्त संस्थाका केन्द्रीय सभापति भोलानाथ चालिसेले बताउनुभएको छ । कार्यक्रमका लागि कविता पठाउने समय समितिले कात्तिक समान्तसम्म तोकेको छ ।
यसै गरी निस्टाको बागमती प्रदेश समितिले यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनको निकट पारेर उहाँको जन्मजयन्ती मनाउने निर्णय गरेका कुरा उक्त समितिका उपाध्यक्ष विनोद दाहालले जानकारी गराउनुभएको छ । जुम मिटिङका माध्यमबाट आयोजना हुने उक्त कार्यक्रमको संयोजन तथा सञ्चालन उपाध्यक्ष दाहालले गर्नुहुने र कार्यक्रममा देवकोटासम्बन्धी विषयमा विद्यावारिधि गरेका व्यक्तिहरूबाट मन्तव्य राखिने जनाइएको छ । निष्टाले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आग्रहसमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच