दाङ । तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-३ राम्रीका ५० वर्षीय दोर्ण थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट कपुरकोटतर्फ जाँदै गरेको रा ३ प ७१८५ नम्बरको मोटरसाइकल शनिबार राति तुलसीपुर–४ रक्षाचौरमा अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–३ राम्रीका २० वर्षीय सुशान्त मगर पनि घाइते हुनुभएको थियोे ।
उपचारपछि उहालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच