काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि हुनुहुन्छ ।
यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको प्रवृत्तिका अनुसार डोनाल्ड ट्रम्पले यी राज्यहरूमा ठूलो अग्रता हासिल गर्नुभएको छ ।
अमेरिकामा ७ स्विङ स्टेटहरु छन् । यी अन्य प्रदेशको तुलनामा महत्वपूर्ण मानिन्छन्, किनकि सबै राज्यले दलहरूको परम्परागत समर्थनलाई महत्व दिँदा पनि यी स्विङ राज्यहरूमा दलहरूको समर्थन परिवर्तन भइरहन्छ । यस्तो अवस्थामा राष्ट्रपति उम्मेदवारले यी स्विङ स्टेटमा जितेमा चुनावमा विजयी हुने देखिएको छ । त्यसैले स्विङ स्टेटले राष्ट्रपतिको उम्मेदवारको भाग्यको फैसला गर्ने मानिन्छ ।
अहिले यी ७ राज्यको अपडेट आएको छ । जसमध्ये डोनाल्ड ट्रम्प सबै स्विङ स्टेटमा अगाडी रहेका छन् भने कमला ह्यारिस पछाडी पर्नुभएको छ। यी शुरुवाती रुझान नतिजामा परिवर्तन नभएमा ट्रम्प विजयी हुनुहुने छ ।
सातवटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल कलेज भएको नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुने निश्चित भएको बिबिसीले उल्लेख गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच