काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनाका पदक विजेता नेपालका कमल मगर बुधबार स्वदेश फर्किनुभएको छ । अक्टोबर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्स प्रतियोगितामा कमलले दुई स्वर्ण र एक रजत पदक जित्नुभएको थियो । कमलले पुरुष ब्ल्याक बेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्राण्ड च्याम्पियन खुलाको फम्समा रजत जित्नुभएको थियो ।
कमललाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सञ्जितकुमार राई र सचिव रमेश महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै बधाइ दिनुभयो ।
सोही प्रतियोगितामा अनुप थापाले एक स्वर्ण, दुई रजत र एक कांस्य गरी चार पदक जित्नुभएको थियो । नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच