काठमाडौं । आगामी मसिर ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अग्नीदहन’को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर तयार पारिएको यो चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ ।
समाजसेवीको भूमिका निभाउनुभएका पुरुष प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाक्री लगाउन भन्दै उहाँलाई दिइएको अनेक यातनलाई ट्रेलरमा स्थान दिइएको छ । घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा.निर्मल लामिछाने, ताराबहादुर गुरुङलगायत कलाकारको अभिनय छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । चलचित्रको विशिस्ट सरक्षक भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौड्ल हुनुहुन्छ । डिसिएन बितरक रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर रहेको छ । चलचित्रको अन्तर्राष्ट्रिय बजार व्यवस्थापन कृश्मा सुवेदी (श्रीनुर) र बरुणकुमार आचार्याले गर्ने हुनुभएको छ । यो चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’समेत दिइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच