काठमाडौं । डकुमेन्ट्री चलचित्र ‘स्नो लियोपार्ट’ पुरस्कृत भएको छ । पत्रकार प्रदीप पोखरेलद्वारा निर्देशित यो चलचित्रले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जित्न सफल भएको हो ।
अक्टोवर २४ देखि २७ सम्म भएको फेस्टिभलमा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रिया, फ्रान्स, रुस, मेक्सिको, नेदरल्याण्ड, अस्ट्रेलिया, नर्वे, स्पेन, जर्मनी, भारत, पाकिस्तान, थाइल्याण्डलगायत दर्जनौँ देशका सयौं चलचित्रले प्रतिस्पर्धा गरेका थिए । सबै चलचित्र तथा डकुमेन्ट्रीहरू वन्यजन्तु संरक्षणसम्बन्धी कथामा आधारित थिए ।
प्रदीपको डकुमेन्ट्रीमा नेपाली संरक्षणकर्मी डा.सोम आलेले नेपालको हिउँचितुवाको संरक्षण कार्यमा गरेको संघर्ष देखाइएको छ । सन् १९९३ मा आले संरक्षणकर्मीका रूपमा मनाङ पुगेर हिउँचितुवा संरक्षणसम्बन्धी अभियान चलाएपछि परिणाम प्राप्त हुनथालेको बताइन्छ ।
प्रदीपका अनुसार यस कार्यले सार्थकता पाउन थालेपछि हिउँचितुवा संरक्षण कार्यले सार्थकता पाएको हो । यही कुरा नै यस डकुमेन्ट्रीमा कलात्मक पाराले देखाइएको छ । डकुमेन्ट्रीको सम्पादन ईश्वर कोइरालाले गनुभएको हो भने संगीत संयोजन शलिल सुवेदीले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच