काठमाडौं । नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध हुनुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि खड्कालाई आबद्ध गरेको जनाएको हो ।
स्वस्तिमाले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताउनुभएको छ । उहाँले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाउनुभयो । उहाँले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराउनुभयो ।
कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, संगीत र शब्द छ ।
‘कर्णाली याक्स’का टिम निर्देशक ज्ञानेन्द्र मल्लले भारतमा खेलकुदमा जस्तै नेपाली खेलकुदमा ग्लामर चाहिने भन्दै स्वस्तिमालाई स्वागत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच