काठमाडौं । जी सेभेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रका लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ ।
निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते (आगामी सोमबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाइएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कौशल देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने निर्देशक अरुण लामाले बताउनुभयो । यसका लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा दुई मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्नेछ ।
निर्देशक लामाले चलचित्र क्षेत्रको सपना देख्ने र अभिनयको उत्साह भएकाहरूका लागि यो एक महत्वपूर्ण मौका हुने जनाउनुभयो । लामाले निर्देशन गर्ने यो पहिलो फिचर चलचित्र हो । उहाँले यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्रहरूमा आफ्नो कुशलता देखाइसक्नुभएको छ । चलचित्रको कथा एक संघर्षशील युवाको जीवनमा आधारित छ, जसले आफ्नो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जोखिमपूर्ण निर्णय लिन्छ । हाँसो, त्रास र संघर्षलाई रोचक ढंगले प्रस्तुत गर्ने यो चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बांगदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहालगायतका कलाकारहरूको अभिनय रहने निर्माण पक्षले जनाएको छ । प्रमुख अभिनेत्री भने छनोट हुन बाँकी छ ।
चलचित्रको कथा लेखक स्वयं अरुण लामाले लेख्नुभएको हो भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गर्नुभएको छ । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ । सिनेमाटोग्राफी सौरभ लामाले सम्हाल्नुहुनेछ भने एक्सन निर्देशन राजु तामाङले गर्नुहुनेछ । ‘डोरी’ आगामी वर्ष २०२५ मा सिनेमा हलमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच