
काठमाडौं । विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने चासो देखाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले ‘नेपालमा काम गर्न इच्छुक रहेको’ बताउनुभएको हो ।
मन्त्री गुरुङका अनुसार नेपालका लागि अमेरिकी राजदूत र स्टारलिंकका निर्देशक भदौमा उहाँलाई मन्त्रालयमै भेट्न आउनुभएको थियो । स्टारलिंकले विश्वका धेरै मुलुकमा सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
त्यसका लागि कम्पनीले पृथ्वीको बाहिरी कक्षमा पाँच हजारभन्दा बढी स-साना सेटेलाइट राखेको छ । पृथ्वीबाट चार सय किलोमिटरमाथि रहेका ती सेटेलाइटले पठाएका रेडियो फ्रिक्वेन्सी साना ‘डिस’ मार्फत् प्रयोगकर्ताले प्राप्त गर्छन् । जसबाट इन्टरनेट चलाउन सकिन्छ ।
फाइबर प्रयोगबाट इन्टरनेट लैजान अप्ठेरो हुने विकट ठाउँमा स्टारलिंकको इन्टरनेट प्रभावकारी मानिन्छ । स्टारलिंकले घरेलु प्रयोगकर्तालाई महिनाको एक सय २० डलरमा इन्टरनेट उपलब्ध गराउने गरेको छ । अर्थात् नेपालमा स्टारलिंकको इन्टरनेट प्रयोगकर्ताले मासिक १६ हजार तिर्नुपर्ने हुन्छ । तर, नेपालमा फाइबरबाट इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरूले मासिक १५ सय हाराहारीमा इन्टरनेट उपलब्ध गराउँदै आएका छन् ।
स्टारलिंकले व्यापारिक प्रयोजनका लागि पनि इन्टरनेट उपलब्ध गराउँदै आएको छ । भारतले पनि सेटेलाइट इन्टरनेट उपलब्ध गराउन एलन मस्कको कम्पनीका लागि सजिलो हुने गरी सेटेलाइट स्पेकट्रम बाँडफाँटको नीति अख्तियार गरेकोे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच