सुदूरपश्चिममा एमाले सरकार ढले पछि कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको कांग्रेस प्रदेश संसदिय दलका नेता कमल शाहले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

शाहले दावी पेश गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नवनियक्त मुख्यमन्त्री शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सक्नुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?