नदीमा मृत भेटिएका बुडालको शव आफन्तले बुझेनन्

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बनभोज गएका बेला मृत भेटिएका बैतडीको दशरथचन्द नगरपालिका १० खेडनीका जीवन बुडालका आफन्तले शव नबुझ्ने अडान कायमै राखेका छन् । फागुन १३ गते शनिवार राति दशरथगचन्द नगरपालिका ६ स्थित चौलानी नदीमा बुडाल मृत फेला परेका थिए ।

दोषी पत्ता नलागे सम्म शव नबुझ्ने मृतकका आफन्त प्रकाश बोहराले बताउनुभयो । घटनाको ठोस अनुसन्धान नभएसम्म शव नबुझ्ने अडान लिएका हुन् ।
घटनाको ठोस अनुसन्धान हुनुपर्ने र दोषी पत्ता नलागे सम्म शव नबुझ्ने अडान कायमै रहेको उहाँले बताउनुभयो । ‘छोराको हत्यामा संग्लन ब्यक्तिलाई कारवाही हुनुपर्छ , जव सम्म दोषी पत्ता लाग्दैन तब सम्म छोराको शव बुझ्दैनौं,’ मृतक बुडालकी आमाले भन्नुभयो ।

फागुन १४ गते देखी बुडालको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । मृतक बुडालकी श्रीमतीले उनीसंगै बनभोज मनाउन गएका अन्य १२ जनाको नाममा किटानी जोहरी दिइसक्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले परिवारले किटानी जोहेरी दिएका ब्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । ‘मृतककी श्रीमतीले बुडालसंगै बनभोज गएका १२ जना विरुद्ध किटानी जाहेरी दिनुभएको छ, उनीहरुलाई नियन्त्रणमा समेत लिसकेका छौं ।’ जोशीले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?