हराएका मोबाइल फेला पारेर गुल्मी प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता दियो

Read Time = 2 mins

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले हराएका मोबाइलहरु फेला पारि सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरका रेशम सुनारकोे रु २२ हजार पर्ने मोबाइल रेसुंगा नगरपालिका–८ खानीगाउँबाट जेठ २३ गते साथीको कोठाबाट हराएको थियो । रेसुङ्गा नगरपालिका –१ उदिनढुङ्गाका १४ वर्षीय धिरज बरालको रु २४ हजार पर्ने मोबाइल जेठ २४ गते साथीहरुसँगै सुतिरहेको अवस्थामा हराएको थियो ।

हराएका दुवै मोबाइल फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार दुवै मोबाइलहरु रेसुङ्गा नगरपालिका–२ साहु टोल बस्ने १४ वर्षीय नाबालकले लगेको भन्ने अनुसन्धानबाट खुल्नआएको थियो ।

त्यस्तै इस्मा गाउँपालिका–१ हुलाके बस्ने २६ वर्षीय मनकुमार राईको पनि जेठ २५ गते रेसुङ्गा नगरपालिका स्थित एक होटलमा सुतिरहेको अवस्थामा १८ हजार पर्ने मोबाइल हराएको थियो ।

प्रहरीले अनुसन्धान पश्चात् उक्त मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । चितवनको पदमपुर बस्ने सागर नेपालीले त्यस होटलको एउटै कोठमा सुतेको मौका पारी मोबाइल चोरी गरी भागेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?