हिमालय शेर्पा उपाधि नजिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिमालय शेर्पा क्लब हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरेको हो ।

ए डिभिजन क्लब शेर्पाले एभिनिएरलाई १-० गोलअन्तरले पराजित गरेको हो । शेर्पाका लागि ५२औँ मिनेटमा सुनिल श्रेष्ठले निर्णायक गोल गर्नुभएको थियो । अब शेर्पाले उपाधिका लागि मनाङ मर्याङ्दी क्लबसँग खेल्नेछ ।

आइतबार विभागीय टिम एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?