काठमाडौं । सरकारले कान्छाराम कन्स्ट्रक्सनसहित १३ परियोजनाका ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसअनुसार उल्लेखित ठेकेदार कम्पनीहरूले ठेक्का लिएर गरेको काम सन्तोषजनक नभएकाले कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेकाले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
कालोसूचीमा परेकाले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । १३ परियोजनामा दुर्ई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य छवटा कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
कांग्रेस नेता एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, एनबी कन्स्ट्रक्सन, द कञ्चनजंघा कन्स्ट्रक्सन र बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् । नेपाली कांग्रेसबाट रामेछापबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदसमेत रहनुभएका तामाङ हाल ऊर्जा राज्यमन्त्री हुनुहुन्छ । उल्लेखित कम्पनीहरूलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच