अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अफगानिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टि२० आईमा भारतले रोमान्चक जित निकालेको छ । सुपर ओभरमार्फत नतिजाको छिनोफानो गरिएको थियो । यो जितसँगै तीन खेलको सिरिस भारतले क्लिनस्विप गरेको छ ।

जितको लागि २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

अफगानिस्तानका गुलबदीन नैबले ५५ रन, ओपनर रहमान उल्लाहगुरबाजले ५० रन, कप्तान इब्राहिम जद्रान ४१ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भए ।

त्यसअघि बेंगलोरको चिन्नास्वामी स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले १ सय २१ रन बनाए । त्यस्तै रिंकु सिंह ३९ बलमा ६९ रनमा नट आउट रहे ।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आजमतुल्लाह ओमरजाईले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । भारत पहिलो र दोस्रो खेलमा ६–६ विकेटले विजयी भएको थियो ।

दोस्रो सुपर ओभरमा खेल जित्न अफगानिस्तानले १२ रनको लक्ष्य पाएको थियो । तर भारतीय बलर सामु अफगानी ब्याटर निरिह बन्दा खेल गुमानु पर्यो । स्पिनर रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी लङअफमा रिंकु सिंहबाट क्याच आउट भए ।तेस्रो बलमा गुरबाज क्याच आउट भएपछि भारत विजयी भएको थियो ।

भारतले सुपर ओभरमा जितको लागि १७ रन बनाउनु पर्ने थियो । तर १६ रन बनाएपछि पुन अर्को सुपर ओभर भयो । ब्याटिङ गर्न भारतका ओपनर रोहित शर्मा र यशस्वी जैसवाल आएका थिए ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो । सुपर ओभरमा अफगानिस्तानका गुलबदीन नैब र रहमानउल्लाह गुरबाज ब्याटिङमा आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?