भोजपुर/बिराटनगर । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव तीन बलमा सवै विकेट गुमाई एक सय ४७ रन बनाएको थियो । जसमा म्यान अफ द म्याच लक्ष्मण तत्माले सर्वाधिक ५३ रन बनाए । डिएभीका प्रशान साहले ४ विकेट लिए ।
एक सय ४८ रनको लक्ष्य पछ्याएको डिएभीले १९ दशमलव पाँच बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । जसमा प्रसनव कर्णले २३ रन बनाए । मनकामनाका अमन अन्सारीले तीन विकेट मात्र लिए ।
दोस्रो खेलमा नेपाल गुरुकुल स्कुलले पञ्चायत स्कुललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई एक सय दुई रनको योगफल तयार पारेको थियो । जसमा अधा फिरोजले ३० रनको योगदान दिए । पञ्चायतका मनिष थापा र संविधान लिम्बुले तीन–तीन विकेट लिए ।
एक सय ३ रनको विजयी लक्ष्य पाएको पञ्चायतले १४ दशमलव दुई बलमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । पञ्चायतका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । नेपाल गुरुकुलका म्यान अफ म्याच थोमश कर्णले सर्वाधिक तीन विकेट लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच