पूर्व राष्ट्रपतिसहित नेताहरूले गरे मदन भण्डारीको सालिकमा माल्यापर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमाले नेताहरूले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

बुधबार बिहान कोटेश्वरस्थित मदन भण्डारी स्मृति वाटिका महादेवस्थान पुगेर उहाँले आफ्नो श्रीमान्समेत रहनुएका भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यकालबाट बिदा भएपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम हो ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मदन भण्डारीको शालिकमा माल्यापर्ण गनुृभएको छ ।

३०औँ मदनआश्रित स्मृति दिवसको अवसरमा बल्खु, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गर्नुभएको हो । उहाँले यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ ।

त्यस्तै मदनआश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादी पार्टीले पनि केन्द्रीय कार्यालय आलोकनगरमा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मनित नेता झलनाथ खनाललगायतले सम्बोध गरिरहनुभएको छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?