एञ्जल इनभेष्टर नेटवर्क स्थापना

Read Time = 4 mins

विराटनगर । स्टार्टअप उद्यमलाई सुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एञ्जल इनभेष्टर नेटवर्क स्थापना भएको छ । बिहीबार उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न एञ्जल इनभेस्टर्स मिटको नेटवर्कमा संगठनका अध्यक्ष राकेश सुराना, मेयर नागेश कोइराला, सुयश प्याकुरेल, नन्दकिशोर राठी, राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन कावरा, सुरेन्द्र गोल्छा, वीरेन्द्र राठी, दिपककुमार अग्रवाल, जयन्द्र शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ कावरा, विवेक राठी, मनोज अधिकारी, सुजित झा, विनयविष्णु केसी, युक्ति गोल्छा, राघव कोइराला, मनोजविक्रम शाह, विकास कुमार वेगवानी, अशोक वगडिया, रोमन कट्टेलले आबद्धताका लागि प्रतिबद्धता जनाएका छन् ।

विगत दुर्ई वर्षदेखि सञ्चालनमा रहेको स्टार्टअप कार्यक्रमको दोस्रो सत्रमा व्यावसायिक विकासको सेवाअन्तर्गत बजारीकरण, वुट क्याम्प, हाट बजारलगायतका कार्यक्रम सञ्चालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो । संगठनको मेन्टरसिपमा रहेका स्टार्टअपलाई लगानीमा पहुँच पु¥याउँदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एञ्जल इनभेष्टर्स मिटको आयोजना गरिएको भन्दै उहाँले व्यावसायिक योजना भएर पनि लगानीका लागि बिउ पुँजी अभावमा व्यवसाय प्रारम्भ गर्नबाट वञ्चित व्यवसायीलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योग संगठन मोरङले सानो स्वरूपमा सञ्चालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफ्नो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरूपमा लगेर युवालाई उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले इन्भेष्टमेन्टका मोडालिटी र प्राविधिक विषयका सन्दर्भमा समितिले तयारी गरिरहेको जानकारी दिँदै कार्यक्रमले युवा उद्यमशीलता विकासमा छुट्टै आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । असार ११ गते संगठनअन्तर्गतका दोस्रो चरणका १३ स्टार्टअपले आफ्नो व्यवसायको पिचिङ गर्ने र आफूलाई उपयुक्त लागेको व्यवसायमा इनभेष्टर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । आयोजकका अनुसार संगठनका अध्यक्ष राकेश सुराना, महानगरपालिकाका मेयर नागेश कोइराला, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल र संयोजक सुरेन्द्र गोल्छाले एञ्जल इन्भेष्टर्स नेटवर्कको लोगो अनावरण गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?