सिन्धुज्वालाका संचालकद्धारा करोडौं हिनामिना, अरु पनि तानिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडका पूर्व अध्यक्ष चुर्न प्रसाद श्रेष्ठ बैंकिङ कसुर तथा ५४ करोड हिनामिना अभियोगमा गत हप्तादेखि काठमाडौंको सदरखोर डिल्लीबजारमा छन् । उच्च अदालत पाटनले श्रेष्ठलाई कैदको फैसला गरेको थियो ।

पूर्व श्रेष्ठको एउटा टीम र अर्जुनवन्धु रेग्मीको टीमले अलग–अलग संचालक समिति दावी गर्ने क्रममा १५ वर्षसम्म करिब १८ सय सेयर सदस्यको ५४ करोडभन्दा बढी दुरुपयोग गरेको पीडित सेयर सदस्यको आरोप छ । तर बैंकिङ कसुर तथा ठगी मुद्दामा कालोसूचीमा परेका पूर्व अध्यक्ष श्रेष्ठले आफ्नो सहजताका लागि अवैध संचालक समिति खडा गरी छोरा कविन्द्र श्रेष्ठलाई अध्यक्ष, छोरी कविता श्रेष्ठलाई संचालक समिति सदस्य र पूर्व उपमहालेखा परिक्षक बद्रीबहादुर कार्कीलाई सदस्य बनाएर बैंक खाता संचालन र सेयर प्रमाणपत्र वितरण कार्य जारी राखेको पीडितको दाबी छ ।

श्रेष्ठकै योजनामा तयार पारिएको अवैध समन्वय समितिको अध्यक्ष बताउने मनोज दुवाल र उनका छोरा कबिन्द्र श्रेष्ठको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सूर्यबिनायक शाखामा अवैधरुपमा खाता संचालन गरी रकम दुरुपयोग गरेको पीडितहरुले बताएका छन् ।

आम सेयर सदस्यको लगानी र चासो रहेको पब्लिक कम्पनीमा मनोमानी ढंगले कार्यालय संचालन गरी गैरकानुनी र अवैधानिक संचालक समितिका नाममा खाता संचालन गरी रकम हिनामिना गरेको भन्दै उनीहरुले कारवाहीको माग गरेका छन् ।

अवैध खाता प्रकरणमा आफूलाई हाइड्रोको अध्यक्ष बताउने कबिन्द्र श्रेष्ठ र समन्वय समिति अध्यक्ष बताउने मनोज दुवाल पनि बैंकिङ कसुरअन्तर्गत खाता दुरुपयोग प्रकरणमा तानिन सक्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?