काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६, जरलहवा गाछी बस्तीका अग्निपीडित एक सय २० परिवारको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा डस्ना, ओछ्यान र झुल प्रदान गरेको छ ।
राहत वितरण कार्यक्रममा ज्योति विकास बैंकतर्फबाट जनकपुर शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
ज्योति विकास बैंकले देशैभरका शाखा कार्यालयमार्फत् सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच