बैतडीमा रोकिएन म्याद नाघेका सामानको विक्री वितरण

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको जिल्ला सदरमुकामका बजार क्षेत्रका ४ पसलका सञ्चालकलाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बेचबिखन गरेको उनीहरुलाई जरीवाना गरिएको हो ।

जिल्ला सदरमुकामका गोठालापानी र गढी बजारका अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री बितरण तथा भण्डारण गरिएको भेटिएकाले पाँच / पाँच हजार जरीवाना गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत एवं सूचना अधिकारी शंकरबहादुर बोहराले बताउनुभयो । उनीहरुबाट २० हजार जरीवाना असुल गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा प्रशासन कार्यालयको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र दशरथचन्द नगरपालिका कार्यालय लगायतको संयुक्त बजार अनुगमन टोलीले म्याद नाघेको अखाद्य बस्तु बरमाद गरि नष्ट गरीएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो । जिल्लामा बजार अनुगमन कार्य बेला बेलामा हुने गरेको भएपनि म्याद नाघेका सामानको बिक्री बितरणको कार्य रोकीन सकेको छैन् ।

सदरमुकामका बजार क्षेत्रहरुमा म्याद नाघेका सामानहरु विक्री बितरण भैरहेकाले ग्रामीण स्तरका बजारहरुमा यो समस्या झन् बढी रहेको सरोकारवाालाहरुले बताउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?