लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताउनु भयाे ।

प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?