जेन दीपिका ग्यारेटलाई मिस युनिभर्स नेपाल २०२३ को उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आम मापदण्डलाई चुनौती दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले चुम्नुभएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिम प्रतिस्पर्धामा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिनु भएको थियो ।

प्रतियोगितामा गरिमा घिमिरे फस्ट रनरअप घोषित हुँदा बुद्धिसरा सुनार सेकेण्ड रनरअप हुनुभएको थियो । दुई विवाहित सुन्दरीहरू शिताष्मा पोखरेल तेस्रो र अभिलाशा लम्साल चौंथो रनरअप घोषित हुनुभएको थियो ।

दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । प्रतियोगिताको निर्णयकको भूमिकामा सौरभ ज्योति, सुरक्षा पन्त, उपौल मजुमदार, उपाषना घिमिरे, आयुष कार्की श्रेष्ठ, रविराज कर्णिकार, संगीता पहाडी र नन्दिनी लेही थापा रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?