सेयर बजार २.४३ अंकले घट्यो

Read Time = 2 mins

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.४५ अङ्कले घटेर ३५२.८० विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ८८ कम्पनीमा वृद्धि भएको छ । ११३ कम्पनीमा ओरालो लागेको छ भने १५ कम्पनी स्थिर रहेको छ ।

यसअघि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर, नवील बैंक र  सिवम सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ । यता १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ ।

आजको कारोबारमा हिमाल दोलखा हाइड्रोपावरको ८.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?