दाहालको ‘मेरो पत्रकारिता’ : पढेर गरेको टिपोट

तिलकप्रसाद लुइँटेल
असाोज ५ गते बुधबारको अंकबाट क्रमशः
(२६) दुई उदीयमान वामपन्थी नेताको अवसान-यो खबर साँझ रेडियोमा चितवनबाट कसैले मलाई दियो । तर, घटना र विचार तयार भएर बज्न थालिसकेको थियो र... । पृष्ठ २६४
(२७) दुःख एउटाको सम्मान अर्कालाई-...भत्किएका डाँडादेखि रौतहटमा जलमग्न घरसम्मको यात्रा मैले गरेँ । रौतहटमा त हेलिकप्टर बिसाएर कुराकानी गर्दागर्दै...। पृष्ठ २६६
(२८) उपनिर्वाचन र लोकतन्त्रमा निरंकुशता-...नामावलीमा नाम छ, छैन भन्नेसमेत थाहापाउन जरूरी सम्झनु हुँदैनथ्यो । गृहमन्त्रीले महिलाहरूलाई सुरक्षानिम्ति नङ पाल्न...। पृष्ठ २७२
(२९) कांग्रेसमा विद्रोह र प्रभाव- राजनीतिक संस्कृतिलाई तुहाउन क्रियाशीलहरूले मेराबारे गर्ने निर्णयका प्रति मैले धेरै चिन्ता गरिरहनुपर्ने थिएन । त्यसैले म चुप लागेर... । पृष्ठ २७५
(३०) हामीलाई हटाउने तानावाना-...बुद्धिजीवीहरू, नेपाली कांग्रेसका भ्रातृ संस्था र मूल संस्थाकै दर्जनौँ शाखाहरूबाट हामीलाई हटाएको विरूद्ध वक्तव्य जारी गर्ने काम भयो । पृष्ठ २७६
(३१) भुटानीसत्ताको क्रोध-...प्रजातान्त्रिक आन्दोलनका विषयमा प्रशस्त विवरण दिएका थियौँ । भुटानी शासकहरूले त्यसलाई मन पराउने प्रश्न नै भएन । पृष्ठ २७७
(३२) लालुप्रसादको ठट्टा र काम गर्ने शैली-...सामान सबै कोठाबाट तुरून्त निकाल्नू र पटना खेद्नू ।’ अनि, इन्जिनियरलाई भने– ‘तिमीलाई म अहिल्यै सस्पेन्ड गर्दछु । पृष्ठ २७८
(३३) प्रचण्डसँग पहिलो भेट र संवाद-...देख्न लागेको सपना भनेर छोटो टिप्पणी प्रस्तुत गरेको थिएँ । कम्तीमा पनि सरकार, राजनीतिक दल र जिम्मेवार... । पृष्ठ २७९-२८०
(३४) सुशील कोइरालाको ‘ऊ’ र अन्य केही प्रसंग—भोलिपल्ट मैले त्यस वातावरणलाई लिएर घटना र विचारमा विवरण दिँदै भनेँ– ‘स्याङ्जाका गाउँबाट बजार आएर... । पृष्ठ २८१

...त्यस कोठामा बीपी पुस्तकालय भनी तीस-चालीसवटा पुस्तक, राष्ट्रपुकारसहित केही पत्रपत्रिका थिए । ...‘स्टोभ’ थियो र त्यसैका छेउमा गुन्द्री र त्यसमाथि तन्ना र तकिया थियो । तर आस्थाको समृद्धि थियो त्यहाँ । म छक्क परेँ ।

(३५) लक्ष्मण घिमिरेको प्रशंसा र गणेशमानको विरोध-...अविवेकीका धारमा लामो समयसम्म उभिन पुग्नुभयो । त्यसमा भने मलाई आश्चर्य छ । पछि कुन कोल्टो...। पृष्ठ २८४
(३६) ज्यान मार्ने धम्की-...आएको प्रजातन्त्र, काम गरेको पार्टी कांग्रेस नै सरकारमा भएको समय कमसेकम केही थोरै भए पनि मद्धत भइरहेको कार्यक्रम हठात् हटाएपछि... । पृष्ठ २८५
(३७) रामराजाप्रसादको सन्दर्भ र केही पीडाजनक घटना-आफन्तको यो दर्दनाक मृत्युले हामी सबै विचलित भएका थियौँ । त्यसको दुई महिनापूर्व साउन १६ मा घोप्टेभिरमा... । पृष्ठ २८६
(३८) प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको टिप्पणी—शुभेच्छुक र सम्पूर्ण सहयोगीहरू जसले मलाई गाउँ, घर, हिमाल, पहाड, तराई, शिक्षित, अशिक्षित सबैका माझ... पृष्ठ २८८
आठौँ खण्डमा शीर्षक— मध्यावधि चुनाव र आरोह अवरोह भन्ने छ । यसको थालनी पृष्ठ २८९ बाट भएर अन्त पृष्ठ ३०३ मा भएको छ । यसमा जम्मा आठवटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्—
मध्यावधि चुनाव र आरोह अवरोह—...बर्दियामा चर्चा चलेको थियो । बर्दियामा जमिन्दारी प्रथा जमिनमा मात्र थिएन पार्टीमा पनि यथावत् थियो । म पन्छिएँ । चितवन र ओखलढुंगामा मेरो प्रयास भएन । पृष्ठ २९०
(१) पुनः चुनाव प्रचारमा—पार्टीले मलाई– सुर्खेतमा उम्मेदवारी सिफारिश गर्न पठाएको थियो–भदौमा । म त्यहाँ पुग्दा घटना र विचारको प्रभाव व्यापक रहेछ । पृष्ठ २९१
(२) दुईमुखे प्रचार-...कम्प्युटरमा सहयोग गरे । हामीले प्रेसचाहिँ अफसेट प्रयोग गर्ने हुनाले जहाँ जसकामा मिल्छ त्यहीँ पुग्ने गथ्र्यौं । कहिले... पृष्ठ २९४
(३) कांग्रेसबाट ठगिएको राष्ट्रपुकार-...सूचना स्रोत अडिग रहृयो- आफ्ना भनाइमा । यसपछि उनले मुद्दा दिए । त्यो मुद्दाको सुनुवाइ के भयो थाहा भएन । हामीले...। पृष्ठ २९५
(४) एमालेको क्रान्तिकारी आर्थिक नीति—...अर्धमृत अवस्थामा पुर्‍याउन कांग्रेसका आर्थिक योजनाकार, आर्थिक रणनीतिकार र हैसियतवाला पदाधिकारीहरू जिम्मेदार... । पृष्ठ २९७
(५) मैले नबुझेको रणनीति— ...नेपालगन्जको कार्यक्रम सकेर म भैरहवा आएँ । मसँग खर्च पनि थिएन । पार्टीले पनि कार्यक्रममा जान हामीलाई दिँदैनथ्यो । पृष्ठ २९८
(६) रामकृष्णको सदाशयता— दुई युवा पुगेको त दिउँसै होटलहरूका होटेल्नीहरूको ताना तानमा प¥यौँ । त्यहाँ भन्सारमा हाम्रैतिरका नातेदार प्रमुख हुनुहुँदो रहेछ । मेरा मित्र...। पृष्ठ २९९
(७) टुटेको भ्रम—..त्यस कोठामा बीपी पुस्तकालय भनी तीस–चालीस वटा पुस्तक, राष्ट्रपुकारसहित केही पत्रपत्रिका थिए । ...‘स्टोभ’ थियो र त्यसैका छेउमा गुन्द्री र त्यसमाथि तन्ना र तकिया थियो । तर आस्थाको समृद्धि थियो त्यहाँ । म छक्क परेँ । पृष्ठ ३००
(८) लज्जित तुल्याउने समाचारखेती—...अमान्य हुँदै पुनःस्थापन गरियो । यसविरुद्ध एमालेले व्यापक असन्तुष्टि व्यक्त गरे पनि लोकतान्त्रिक प्रक्रियामा आइसकेको हुनाले...। पृष्ठ ३०३
नवौँ खण्डमा शीर्षक— दोस्रोपटक घटना र विचारमा भन्ने छ । यसको थालनी पृष्ठ ३०४ बाट भएर अन्त पृष्ठ ३२३ मा भएको छ । यसमा जम्मा १० वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसङ्ख्या समेत यस प्रकार छन्—
(१) एमाले गिरिजाप्रसादकै बाटोमा—...काम गर्दा के फरक पर्ला । म नेपाली कांग्रेस केन्द्रीय प्रचार समितिमा थिएँ । मैले प्रधानमन्त्रीसँग भनेँ– ‘म पहिलेजस्तो गरी... ।’ पृष्ठ ३०५ ।
(२) गठबन्धनको अभ्यास—...पत्र सच्याएर ल्याउने भने पनि मैले त्यो पत्र मसँगै राखेँ र उहाँलाई काममा लगाएँ । असाध्य मेहेनत गर्ने तर राजनीतिक महत्त्वाकाङ्क्षा तीव्र... । पृष्ठ ३०७
(३) पहिलो मधेसी स्वर— रेडियोमा कतिपयले रेडियो मान्यताविपरीत भएको भनेर आपत्तिसमेत प्रकट गरे । तर, समावेशिताले तराई–मधेसमा अत्यन्त सकारात्मक... । पृष्ठ ३०८
(४) सानो तर गम्भीर— ...आग्रह गरेपछि राम्रै लागेर मैले दिएँ । भोलिपल्ट- त्यो रिपोर्ट वापत ‘सरलाई दिनुछ- माग’ भन्दै खाम दिन लागिन् । मैले रिसाउँदै आइन्दा... । पृष्ठ ३०९-३१०
(५) विदुर अधिकारी बिर्सनै नहुने नाम- मैले- यौटा गरिब नेपालीलाई काङ्ग्रेस र कम्युनिस्ट भन्दै रोजगारी विमुख गराउनु कति उपयुक्त हुन्छ ?’ भन्ने प्रश्नका साथ... । पृष्ठ ३११
(६) टनकपुर र एमाले— वीरेन्द्रको अवसानको समय होस् कि भारतीय युवा कलाकार ऋत्विक रोशन काण्ड वा इराक काण्ड, टनकपुर होस् कि अरू कुनै, नेपालीहरू माग... । पृष्ठ ३१२
(७) प्रधानमन्त्री देउवाको भारत भ्रमण र धर्मगूसँगको भेट- जङ्गबहादुरको स्तम्भ नेपालतिर सर्ने, हराउने र केही क्षेत्र डुबान हुने गरी बाँधिने बाँधले समस्या हुन्छ । पृष्ठ ३१५
(८) देउवा सरकार र माओवादी माग-...देशभरका माओवादी ज्यादतीका घटनाहरूलाई प्रस्तुत ग¥यौँ । त्यस विषयमा मेरो विवाद पनि भयो । सरकारका मन्त्रीहरू र कतिपय...। पृष्ठ ३१६
(९) त्रासद यात्रा—भाग्यवश हावाको चाप पूर्वबाट रहेनछ । जता हेलिकप्टरमा प्वाल परेको थियो । हेलिकप्टरमा करिब डेढ घण्टा उड्नु थियो– नेपालगञ्ज हवाइमैदान आउन । पृष्ठ ३१९
(१०) निरीह कोइरालाका आँखामा आँसु—मैले घटनाको प्रत्यक्षदर्शीका हिसाबले रेडियो नेपालको कार्यक्रम घटना र विचारमा सम्पूर्ण विवरण दिएँ । केही दिनसम्म–यसै...। पृष्ठ ३२२
दशौँ खण्डमा शीर्षक— नेपालवाणीको अन्तिम अध्याय भन्ने छ । यसको थालनी पृष्ठ ३२४ बाट भएर अन्त पृष्ठ ३३८ मा भएको छ । यसमा जम्मा आठवटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्—
(१) राजनीतिमा विडम्बना—...ईश्वर र नियतिप्रति आभार प्रकट गर्दै काठमाडौँ फर्किएँ । नेपालवाणीमा धेरै चुनावी विवरणहरू छापिए । स्थानीय चुनाव बिथोल्न माओवादी...। पृष्ठ ३२५
(२) नारायणको उत्साह-..नेपालवाणीमा विकासका, सहरी संरचना र योजनाका विषयमा असाध्य गम्भीर तर्कका साथ लेख्ने गर्नुहुन्थ्यो । अहिले पनि सहयोग गर्दै हुनुहुन्थ्यो । पृष्ठ ३२९
(३) आइजीपीको मुद्दा, प्रक्रियाको प्रश्न- भारतको स्रोत अत्यन्त भरपर्दो थियो । विकासको प्रश्न र छुवाछूतको समस्याका नाउँमा हिंसालाई सहयोग गर्ने र भविष्यमा धर्म... । पृष्ठ ३३०
(४) डा.रावलको प्रस्ताव-अछाम घर भएर बर्दिया भुरीगाउँ बस्ने उनले बानेश्वरमा राम्रो घरजम गरेका छन् । उनी हामीलाई अनेक जानकारी दिन्थे । उनको मुद्दा अदालतमा...। पृष्ठ ३३१
(५) वामदेव र मुद्दा-फैसलाबारे खास जानकारी भएन । पत्रिकामा चरित्र हत्या विषयक मुद्दा बाँकी रहनु अनौठो थिएन । अहिलेजस्तो प्रमाणहरू दिन पनि कठिन पथ्र्यो । पृष्ठ ३३२
(६) रामचन्द्रको यात्रा र एमालेको विभाजन—सुनसरीमा मैले कार्यकर्ताहरू व्यक्तिका पछि लाग्नुभन्दा सिद्धान्तका पछि लाग्दा पार्टीहरू फुट्तैनन् भन्ने तर्क गर्दा... । पृष्ठ ३३४
(७) नेपालवाणीको स्थानान्तरण— नेपाली खेलाडीहरूको निरीहता पीडादायक छ भने अफिसियलहरूको भोज र मोजको सोच खेदजनक । कुनै समय यात्रा सम्बन्धमा... । पृष्ठ ३३६
(८) तेस्रो संसदीय निर्वाचन-...तला थपेको थिएँ । आमा र चारजना भाइहरू यहीँ थिए । भानिज पनि थपिए । नारदको घरबाट नेपालवाणीको कार्यालय मेरै घरमा सार्‍यौँ । पृष्ठ ३३७
एघारौँ खण्डमा शीर्षक-सञ्चार सल्लाहकार र अनुभव भन्ने छ । यसको थालनी पृष्ठ ३३९ बाट भएर अन्त पृष्ठ ३६० मा भएको छ । यसमा जम्मा १७ वटा उपशीर्षक विषयसूचीमा देखिन्छन् तर क्रमसंख्या ९ छुटेकाले १६ मात्रै पुग्छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-
सञ्चार सल्लाहकार र अनुभव- राष्ट्रपुकार बन्द भइसकेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको त्यो ‘बत्ती’ निभ्यो । नेपालवाणी सुरू गरे पनि जम्न सकेको थिएन । पृष्ठ ३३९
(१) आआफ्नो तरिका-नेपाली पत्रकारहरूभन्दा पहिले नै उनको आफ्नै सोचअनुसार त्यो प्रश्न सोधेका हुन् । हामी कोइरालाको उत्तर कस्तो हुन्छ भन्नेमा व्यग्र थियौँ । पृष्ठ ३४०
(२) प्रचारमा करिब चालिस ठाउँ-...बोलाएर भन्नुभयो– तपाईंले मलाई सहयोग गर्नुपर्छ । अहिले सञ्चारमा मिडिया सल्लाहकार भएर काम गर्दै गर्नुहोस् पछि म अरू व्यवस्था... । पृष्ठ ३४१
(३) मिडिया सल्लाहकारमा नियुक्ति- उनी रूम्जाटारका अत्यन्त सक्रिय र ओखलढुंगा कांग्रेस बचाउन दिलोज्यानले लागेका शिक्षक... । ओखलढुंगा पञ्चायतकालमा... । पृष्ठ ३४२
(४) दूरसञ्चारको गाडी-ती बिष्ट भाइ अत्यन्त सञ्जन थिए । कुरा पनि बुझे । यसअघि एक महिनामा चारपटक कारखाना पुगेको त्यो गाडी त्यसपछि म सल्लाहकार... । पृष्ठ ३४२
(५) तारको खेल- मैले तारमा ठूलो खेल भएको, यसअघिको सरकारमा बस्नेहरूले– चुनाव खर्चसमेत उठाएको तर निर्णय नगरी छाडेको जस्ता चर्चाहरूबारे जानकारी दिँदै...। पृष्ठ ३४३
(६) सेक्युरिटी प्रेसको चक्कर- राजनीतिको फोहोरी खेलको उत्कर्ष मैले यस बेला देखेपछि मलाई सत्ता रानीतिप्रति तीव्र विकर्षण सुरु भयो । यस समयका अनेक पाटाहरू छन्...। पृष्ठ ३४६
(७) सल्लाहकारको भूमिका-...नभए पनि प्रजातन्त्रका लागि काम गर्नेहरूलाई हामीले सहयोगी ठान्नुपर्दछ । उहाँहरूले असहयोग गरेमा विचारणीय हुन सक्छ तर सहयोग... । पृष्ठ ३४७
(८) केही कामहरू-...मलाई पनि विवेकसम्मत लाग्यो । मैले यो विषयलाई गम्भीरतापूर्वक बहसमा लगेँ । हाम्रै कार्यकालमा काम नभए पनि केही समयपछि सफल भयो । पृष्ठ ३४८

भाग्यवश हावाको चाप पूर्वबाट रहेनछ । जता हेलिकप्टरमा प्वाल परेको थियो । हेलिकप्टरमा करिब डेढ घण्टा उड्नु थियो–नेपालगञ्ज हवाई मैदान आउन । मैले घटनाको प्रत्यक्षदर्शीका हिसाबले रेडियो नेपालको कार्यक्रम घटना र विचारमा सम्पूर्ण विवरण दिएँ । केही दिनसम्म ।

(९) साना तर अविस्मरणीय-...तोक लगाइदिने र फोनको लाइन दिए बापत पाँच सात हजार लिने काम हुँदा रहेछन् । मन्त्रीहरू, सचिव वा अन्य राजनीतिकर्मी सांसदहरूको...। पृष्ठ ३४९
(१०) जागिरको लस्कर-...फलफूल, पैसा बोकेर जागिरका लागि दबाब दिन नआउनुहोला । दाजुले थाहा पाउने भयो भने– तपाईं आफैँले जागिर पाउन लाग्नुभयो भने पनि...। पृष्ठ ३५०
(११) नबुझेर चिन्ता-...टेलिभिजनमा साङ्केतिक भाषासमेत समाचार वाचन गर्ने र ‘स्पोन्सर’ गर्ने एनजिओ प्रमुख आएर विवाद गरे । यो विवाद बढ्नु उचित थिएन । पृष्ठ ३५२
(१२) बलबहादुरको विवाद-...टेलिफोन तोड्नेदेखि केही उत्पात गरेपछि प्रहरी बोलाइएछ । ...डाँको छाडेर रून थाले । उनले भने– ‘मेरो सारा पोलिटिकल क्यारेक्टर...।’ पृष्ठ ३५३–५४
(१३) कृष्णमोहन र सुरक्षा-आफैँले परालका कुन्युमा आगो लगाएर माओवादीले जलाए भन्दै गृहबाट पैसा माग्नेहरू पनि बढ्दै थिए । सबैको पृष्ठभूमि प्रजातान्त्रिक भएको...। पृष्ठ ३५५
(१४) रामचन्द्रको मन-...स्वभाव देखाउन थाल्नुभयो । प्रेस हेर्न भनी तनहुँका एकजना भाइलाई ल्याउनुभएछ । वक्तव्य बनाउनेदेखि मन्त्रालयका अरू कामबारे पनि उहाँ... । पृष्ठ ३५७
(१५) बडा दशैँ र पत्रकार-...पाँच सयदेखि एक हजारसम्म दस्तुर प्रत्येक नाउँका पछाडि तोकेँ । यसो गर्दा करिब चालीस हजार लाग्ने भयो । प्रधानमन्त्री कराए- ‘यत्रो पैसा...।’ पृष्ठ ३५९
(१६) अवकाश-...केही बोनाफाइड कांंग्रेसी पत्रकारहरूले- ‘अवकाश पत्रको दुई दिनपछि लेखे- ‘पूर्ववत्र्ती सल्लाहकार पुरूषोत्तम दाहालले अझै गाडी फिर्ता नगरी मोज गर्दै...।’ पृष्ठ ३६० । क्रमशः

https://ehimalayatimes.com/2022/09/47415/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?