राजविराज । विगत ५ महिनाको तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक र कर्मचारीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
आइतबार दिउँसो ३ बजे शिक्षक तथा कर्मचारीहरूद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा नगरपालिकाको मल ढोकामा तालाबन्दी गरेका हुन् ।
तलब, भत्ता माग गर्दै आन्दोलनरत नगरपालिका अन्तर्गत कार्यरत विद्यालय शिक्षक कर्मचारीहरूले दशैँ, तिहार र छठ पर्व जस्तो प्रमुख चाडपर्वमासमेत तलब भत्ता नदिँदा समस्या भएको भन्दै तलब नपाउँदा अहिले छाक टार्न नै समस्या भएको कारण तालाबन्दी गर्न बाध्य भएको संयोजक यादवले बताउनु भयो ।
तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नू परेको आन्दोलनरत शिक्षक कर्मचारीहरूले बताए ।
धर्ना दिँदा समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाई छ ।
शिक्षकले आन्दोलन गरिरहँदा नगरपालिकाका प्रमुख विरेन्द्र माझी पितृ शोकमा परेका छन् । मेयरलाई समस्या हुँदा उपमेयर र वडा अध्यक्ष भेट्न समेत नआएको उनीहरूको गुनासो छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायिक विद्यालय छन् । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्ययनरत छन् । शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि उनीहरूको पठन पाठन समेत ठप्प भएको छ ।
उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन । तलब माग्दै शिक्षकले गत ६ कात्तिकमा नगरपालिकाका प्रमुख सहितकालाई ज्ञापनपत्र बुझाएका थिए । ६ दिनको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाउँदा समेत ध्यान नदिएपछि ११ कात्तिकदेखि शिक्षकले विद्यालय बन्द गरी धर्ना शुरु गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच