हुम्ला । हुम्लाका नागरिकलाई वर्षेनी यतिबेला जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या हुने गरेको छ ।
अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटदेखि जिल्ला बाहिर नेपालगञ्ज, सुर्खेत, पोखरा, बुटवललगायतका शहर पुग्न समस्या हुने गरेको छ । दशैँ, तिहार मनाउन घर आएकाहरु यतिबेला आआफ्नो गन्तव्यमा जानका लागि सिमकोट विमानस्थलमा धाउने गरेपनि हुम्लामा सेवा दिँदै आएका नीजि एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका छन् ।
नेपालगञ्जबाट हप्ताको एकदिन मात्रै उडान गर्दै आएका सीता, समिट र ताराले दैनिक उडान नगर्दा यहाँका नागरिकले समस्या भोग्नु परेको छ । तारा एयरले हप्ता सोमबार, सीता र समिट एयरले हप्ताको बुधबार एक दिन मात्रै उडान गर्दा यहाँका नागरीक मर्कामा परेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हप्तामा दुई दिन सोमबार र मङ्गलबार उडान गरेपनि गरेपनि यहाँका नागरीक थप समस्या हुने गरेको छ । अन्य समय नेपालगञ्ज, सुर्खेतदेखि दैनिक उडान गर्दै आएका निजी एयरले यो समयमा पूर्वका जिल्लामा नाफामुखी उडान गर्दा विरामी, विद्यार्थी, कर्मचारी र सर्वसाधरण यसको मारमा परेका छन् ।
हप्ताको एक नेपालगञ्जदेखि उडान गर्दै आएका एयरलाइन्सले आफ्नो नजिकका लाइ मात्रै टिकट वितरण गरेर जिल्ला बाहिर पठाउँदा पहुँच नभएका सर्वसाधरण वर्षेनी यो समस्या भोग्दै आउनु परेको छ । निजी एयरलाइन्सका कर्मचारीले कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो पोखेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।
तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ । नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ः०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधरणको गुनासो छ ।
यतिबेला सिमकोट विमानस्थलमा विरामीले समेत जिल्ला बाहिर जान नपाएको गुनासो पोखेका छन् । विरामीसँगै कुरुवा पनि जान नपाएको नागरीकको गुनासो छ । विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका–८ का जय कामीले, आफ्नो छोरीको दुइवटै मृघौला फेल भएर उपचारका लागि जिल्ला जान टिकटको खोजीमा पुगेपनि विरामीको मात्रै पाएको कुरुवा आफ्नो नपाएको गुनासो पोख्नुभयो । जिल्ला अस्पतालले रिफर गरेको कागज पेश गर्दा धौ धौ गरी एक टिकट पाए कामीले बताउनुभयो । विरानो ठाउँमा उपचारका लागि जाँदा विरामी कुरुवा टिकट नपाएको उहाँले बताउनुभयो ।
सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको सरकारी कोटाको दुई वटा टिकटको दुई दिन हुने उडानमा चार जना जटिल समस्या भएका विरामीलाई पहिलो प्रथामिकता दिएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । सोमबार दुई विरामी र मङ्गलबार दुई जना विरामी पठाउने बताइएको छ । नेपाल एयरलाइन्सले १३ जना यात्रु बोक्ने भएपनि टिकट लाइनमा राखेर वितरण गर्दै आएको बताइएको छ । हुम्लाका लागि उडान तालिका भएपनि सोमबार नेपाल एयरलाइन्सले आफ्नो गर्न नसकेको हो ।
हुम्लाको उडान नभएर जुम्ला उडान गरेको छ । नेपाल एयरलाइन्सले हुम्लाबाट एक उठान कर्णाली प्रदेश राजधानी सुर्खेत गर्नुपर्ने सहमती समेत भएको थियो । उडान नहुँदा यात्रु मर्कामा परेका छन् । नेपाल एयरलाईन्सले दुई हप्तादेखि सिमकोटदेखि सुर्खेत र सुर्खेतदेखि सिमकोटको उडान रद्ध गर्दै आएको छ । सोमबार भिआईपीहरुले नेपालगंजबाट जुम्लाको उडान राख्न लगाएपछि सिमकोट सुर्खेतको उडान रद्ध भएको हो । सिमकोटबाट सुर्खेत जाने यात्रुहरुलाई टिकट बितरण गरि सकेको अवस्था भएपनि उडान रद्ध भएको नेपाल एयरलाईन्स सिमकोट कार्यालयले जनाएको छ ।
पाल्पा जिल्लामा कृषि प्राविधिक विषयको अध्ययन गर्दै आएका सिमकोट गाउँपालिका–२ ठेहे गाउँका सन्देश बोहराले आफ्नो अन्तिम फाइनल परीक्षा दिन जानका लागि हप्ता दिनसम्म विभिन्न एयरलाइन्सका कार्यालयमा धाउँदा पनि टिकट नपाएको गुनासो पोखेका छन् । कात्तिक २९ गते परीक्षा भएपनि टिकट नपाएको विद्यार्थी बोहराको गुनासो छ । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच