नेपाल लाइफद्वारा ५.०३ अर्ब मृत्यु दाबी भुक्तानी

Read Time = 1 min

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ । जुन नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो । नेपाल लाइफले मृत्यु दाबी भुक्तानी गर्न आफ्नो आन्तरिक प्रणाली सुदृढ तथा प्रविधिमैत्री बनाएको जनाएको छ ।

सोहीक्रममा आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभएको छ ।

छिटोछरितो चुस्त, दुरुस्तरूपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको पनि उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०७८/०७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै कम्पनी सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?