काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित हुनुभएको छ । पूजालाई भरतपुर-११ स्थित युनिक क्लबले १० हजार रुपैयाँसहित सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पूजालाई सम्मान गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा पूजाले नेपालका लागि तीन खेल खेल्नुभएको थियो । भुटानविरुद्धको पहिलो खेलमै घाइते हुनुभएकी पूजाले माल्दिभ्स र श्रीलंकाविरुद्धको खेल भने गुमाउनुभएको थियो । उहाँले सेमिफाइनलमा भारत र फाइनलमा बंगलादेशविरुद्ध भने पहिलो रोजाइमै मौका पाउनुभएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग २-१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो । सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गर्नुभएकी पूजा त्यसयता नियमित सदस्य रहँदै आउनुभएको छ । पूजाले नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच