तिला गाउँपालिका उपाध्यक्ष बुढामाथि हातपात, प्रशासनमा उजुरी

Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लाको तिला गाउँपालिका  उपाध्यक्ष गोरीकला बुढाले आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिनुभएको छ । आफु माथि हातपात गर्नेलाई आवश्यक कारबाही गरी पाउँ भनी तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले प्रशासनमा दिएको निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिलाल रिजालले जानकारी दिनुभयो ।

आईतवार दिउँसो ३ बजे म आफ्नो कार्यकक्षमा रही आफ्नो पदिय जिम्मेवारीमा सेवा प्रवाह गरी रहेको समयमा बिना जानकारी तिला—२ निवासी धनेन्द्र बोहोरा वडा नम्बर २ का वडाध्यक्ष चन्द्र बहादुर बोहोरा वडा नम्बर १ निवासी वृर्ख बुढा,तिला – ८ बस्ने शिक्षक मेघ बहादुर बस्नेत, वडा नम्बर ६ का वडाध्यक्ष जंग बहादुर रोकाया वडा नम्बर ९ का वडाध्यक्ष धन बहादुर रावत लगायतका ४० देखी ५० जनाको समुहले सुनियोजित ढंगबाट हातपात गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजूरी दिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

उपाध्यक्ष माथि हातपात नगरेको वडा नम्बर ६ का वडाध्यक्ष जंग बहादुर रोकायाले जानकारी दिनुभयो । आईतबार नेपाली कांग्रेस तिला गाउँ कमिटीले विभिन्न १५ बुँदे माग राख्दै गाउँ कार्यपालिकाको कार्यालयमा ताला लगाएको थियो ।

यस्तो छ उपाध्यक्ष बुढाले प्रशासनमा दिएको उजुरीको निवेदन

हालसम्म कार्यपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन भएका छैन । सरकार जनताप्रति उत्तरदायी नदेखिएकाले ताला लगाउन बाध्य भएको कांग्रेस तिला कमिटिले जनाएको छ । पालिकामा लगाएको तालाबन्दी सोमबार खुल्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेको गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?