काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
कपिलबस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे मंगलबार पक्राउ परेका हुन् ।
बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
२० हजार घुस रकम र स्रोत नखुेलेको छयानब्बे हजार आठ सय रुपैयाँसहित उनीहरुलाई कपिलबस्तु नगरपालिका वडा नम्बर १ स्थित गौढी चोकबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान भइरहेको घिमिरेको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच